समाज


मोटरसाइकल दुर्घटना हुँदा कञ्चनपुरमा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा कञ्चनपुरमा एक जनाको मृत्यु

गोकुल जोशी
असोज २७, २०७६ सोमबार ८:५६,

कञ्चनपुरको दक्षिणी क्षेत्रमा मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ।

जिल्लाको बेलडाँडी गाउँपालिका–३ मा मोटरसाइकल दुर्घटना हुँदा स्थानीय हंश बहादुर खड्काको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलडाँडीका प्रमुख प्रहरी निरीक्षक दान बहादुर रोकायाले बताए।

बेलौरी नगरपालिका भुडादेखि बेलडाँडी गाउँपालिकाको झिलमिला आउने क्रममा तीव्र गतिमा रहेको म २ प ९९६० नम्बरको मोटर साइकल अनियन्त्रित हुँदा दुर्घटना भएको उनको भनाइ छ। शव पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको प्रहरीको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad