समाज


जुवा खेल्दाखेल्दै ३३ जुवाडे पक्राउ, साढे १० लाख बरामद

जुवा खेल्दाखेल्दै ३३ जुवाडे पक्राउ, साढे १० लाख बरामद

नेपालखबर
असोज २७, २०७६ सोमबार ८:१९,

जुवा खेलिरहेकाे अवस्थामा देशका विभिन्न स्थानबाट ३३ जुवाडे लाखाैँ रकमसहित पक्राउ परेका छन्। 

काठमाडौं महानगरपालिका-४ बनस्थली बस्ने उत्तम कुईकेलको घरमा जुवा खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका-४ पासिकोट बस्ने ३६ वर्षीय शिवराम भण्डारी लगायत ११ जनालाई नगद ४ लाख १ हजार १५ रुपैयाँ, कौडा १८ थान र १ बुक तास सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ।

कास्की, पोखरा महानगरपालिका-१८ चालिसे डाँडास्थित रेष्टुरेष्टमा कौडा खेलिरहेको अवस्थामा पोखरा महानगरपालिका-६ बैदाम बस्ने ४४ वर्षीय खिमलाल पहारी लगायत १५ जनालाई नगद ६ लाख १० हजार रुपैयाँ र कौडा ३२ थान सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।

यसैगरी कास्की, पोखरा महानगरपालिका-१३ काहुखोला वुडुवा मार्ग बस्ने बिष्णुमाया गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा पोखरा महानगरपालिका-१३ वुडुवा मार्ग बस्ने ५७ वर्षीय सूर्य बहादुर कार्की लगायत ७ जनालाई नगद ४९ हजार ५ सय ६० रुपैयाँ र ४ बुक तास सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad