ad ad

समाज


सीसँगको भेट अगाडि मोदीले वार्ता हुने स्थानको फोहोर उठाए (भिडियो)

सीसँगको भेट अगाडि मोदीले वार्ता हुने स्थानको फोहोर उठाए (भिडियो)

नेपालखबर
असोज २५, २०७६ शनिबार ७:२१,

शनिबार तमिल नाडुको महाबलिपुरममा चिनियाँ राष्ट्रपति सि चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच एक्लाएक्लै ५० मिनेट वार्ता भयो।

महाबलीपुरमको ताज फिसरमेनस्थित कोव रिसोर्टमा दुवैबीच वार्ता भएको थियो।

बेल्ट एण्ड रोट इनिसियटिभ्स, आतंकवाद, व्यापारजस्ता विषयमा छलफल भएको भारतीय संचार माध्यमले जनाएका छन्।

शनिबार हिन्द महासागरको किनार छेउमा मोदी र सीबीच एक्लाएक्लै भेटवार्ता हुने तय भएको थियो।

आज बिहान मोदी वार्ता हुने स्थान वरपर पैदल यात्रामा निस्किएका थिए। सो क्रममा उनले त्यहाँ प्लास्टिकका फोहोरहरु उठाएका थिए।

मोदीले सरसफाई गरेको भारतीय संचार माध्यमले जनाएका छन्।

त्यसको भिडियो सार्वजनिक भएको छ। मोदीले आफ्नो फेसबुक तथा ट्वीटर पेजमा भारतलाई स्वच्छ बनाउन भनेर भिडियो अपलोड गरेका छन्।

(भिडियो)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .