समाज


फरार अभियुक्त दसैंको टीका लगाउन आएका बेला समातिए

फरार अभियुक्त दसैंको टीका लगाउन आएका बेला समातिए

नेपालखबर
असोज २१, २०७६ मंगलबार १३:२६,

लागुऔषध (चरेश) कारोबार मुद्दामा फरार रहेका काभ्रे पनौतीका एक युवकलाई प्रहरीले आज (मंगलबार) पक्राउ गरेको छ।

लागुऔषधका फरार अभियुक्त पनौती नगरपालिका–९ का २३ वर्षीय राजीव थापालाई प्रहरीले पक्राउ गरेको हो।

दसैंको टीका लगाउन घर आएका बेला थापालाई पक्राउ गरिएको काभ्रे जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक जयराज सापकोटाले बताए। उनका अनुसार फरार रहेका थापा पर्सा जिल्ला अदालतबाट ३ वर्ष कैद र २ लाख जरिवाना सुनाइएका व्यक्ति हुन्।

‘जिल्ला अदालत पर्साले कैद फैसला सुनाएका राजीव थापा दसैंमा टीका लगाउन पनौती घर आएका बेला पक्राउ परेका हुन्,’ प्रहरी प्रमुख सापकोटाले भने, ‘पक्राउ परेका थापालाई दसैं बिदा सकिएलगत्तै जिल्ला अदालतमा बुझाउँछौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .