चितवनमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।
गैंडाको आक्रमणबाट जिल्लाको कालिका नगरपालिका-४ का ७२ वर्षीय गोरे कुमालको मत्यु भएको हो।
उनी आइतबार साँझ रत्ननगर नगरपालिका-११ स्थित पञ्चकन्या सामुदायिक वनको पिकनिक स्पोटमा निउरो खोज्न गएका थिए।
त्यही क्रममा गैंडाले आक्रमण गर्दा घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
उनको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रतिक्रिया