समाज


वरिष्ठ पत्रकार राजेन्द्रदेव आचार्यको निधन

वरिष्ठ पत्रकार राजेन्द्रदेव आचार्यको निधन

नेपालखबर
असोज १९, २०७६ आइतबार २:५७,

वरिष्ठ सञ्चारकर्मी एवं न्युज २४ टेलिभिजनका समाचार प्रमुख राजेन्द्रदेव आचार्यको निधन भएको छ।

आज (आइतबार) बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको नेपाल पत्रकार महासंघ न्युज २४ शाखाका अध्यक्ष प्रदीपराज दाहालले नेपालखबरलाई जानकारी दिए।

‘कलेजो फेल भएर उहाँको निधन भएको हो,’ दाहालले भने, ‘उहाँ ६१ वर्षको हुनुहुन्थ्यो।’

दाहालका अनुसार सञ्चारकर्मी आचार्य एक महिनादेखि ढाडको समस्याले पीडित थिए।

दुई हप्ताअघि वीर अस्पतालमा ढाडको उपचार गरी घर फर्किएका आचार्य कलेजोमा समस्या देखिएपछि नर्भिक भर्ना भएका थिए।

उपचारकै क्रममा उनको निधन भएको न्युज २४ का पत्रकार दाहालले बताए।

दुई दशकसम्म नेपाल टेलिभिजनको समाचार प्रमुख भई नायब महाप्रबन्धकबाट अवकाशप्राप्त उहाँ हाल न्यूज–२४ को समाचार प्रमुख थिए।

आचार्यको केहीबेरपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने नेपाल टेलिभिजनका प्रमुख समाचारदाता राजु सिलवालले जानकारी दिए।

पत्रकारिता अध्यापन, पुस्तक लेखनमा समेत क्रियाशील आचार्यको ‘चिन्तन मनन’ टेलिभिजन कार्यक्रम लोकप्रिय थियो । उनका श्रीमती, एक छोरी छन्। 

71688263 790326021383146 4212940704910934016 n 1 1

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .