ad ad

समाज


मालिका दुई सैन्य क्याम्पमा आक्रमण हुँदा २५ सेनाको मृत्यु

मालिका दुई सैन्य क्याम्पमा आक्रमण हुँदा २५ सेनाको मृत्यु

नेपालखबर
असोज १५, २०७६ बुधबार ११:५८,

अफ्रिकी देश मालिको दुईवटा सैन्य क्याम्पमा आतंकवादी आक्रमण हुँदा २५ सेनाको मृत्यु भएको छ।

 अन्य ६० भन्दाबढी सैनिक वेपत्ता भएका छन्। बलकेसी र मोन्डोरोमा सोमबार दुईवटा आक्रमण भएको बीबीसीले जनाएको छ।

 सरकारका अनुसार जवाफी कारवाहीमा १५ आतंकवादी मारिएका छन्। मालिका सेनाले बुर्किना फासो र फ्रेन्च सेनाको सहयतामा त्यहाँ आतंकवादी समूहसँग लडाइँ गरिरहेको छ।

 मालिमा सन् २०१२ यता जातीय द्वन्दका कारण हिंसा जारी छ। त्यहाँ जिहादी र इस्लामी आतंकवादी सक्रिय रहेको जनाइएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .