ad ad

कारोबार


एलजीको नयाँ वासिङ मेसिन

एलजीको नयाँ वासिङ मेसिन

नेपालखबर
असोज १५, २०७६ बुधबार १२:७,

एलजी इलेक्ट्रोनिक्सले नयाँ वासिङ मेसिन बजारमा ल्याएको छ। कम्पनीले आर्टिफिसियल इन्टेलिजेन्स र डाइरेक्ट ड्राइभ फ्रन्ट मोटरयुक्त वासिङमेसिन बजारमा ल्याएको हो।

एआइ डिडीका फाइदाका साथ यी सबै नयाँ वासरले कोमल धुलाइ गर्नुका साथ छिटो र राम्रो परिणाम दिने कम्पनीले जनाएको छ। एलजीका एआई डिडी प्रविधिले धुलाइमा गज्जबको धुलाइ दिन्छ र लुगाहरुअनुसार अनुकूल गरी प्रदर्शन गर्दछ। यसले एकदमै सफा धुलाइदिनुका साथै कपडाहरु खराब हुनलाई १८ प्रतिशतसम्म जोगाउने कम्पनीको दाबी छ।

एलजीका टर्बो वाश सुविधाले लुगा धुलाइलाई छोटो समयमै सकाउछ र सफा बनाउँछ मात्र ३९ मिनेटमा यसको थ्रिडी मल्टिस्प्रेले लुगा सफा बनाउन अझै मद्दत गर्ने दाबी कम्पनीले जनाएको छ। उपभोक्ताहरुले धेरै समय बचाउन सक्ने, दुईतर्फी धुलाइ गज्ज्बसँग गर्ने कम्पनीले जनाएको छ।

एलजीका इन्भरटर टेक्नोलोजीले यसको स्थायित्व र दक्षतालाई अझ बढाउँछ र यसमा १० वर्ष वारेन्टी पनि रहेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .