ad ad

कारोबार


राष्ट्रिय वाणिज्य कोटेश्वर शाखाको शुभकामना आदान प्रदान

राष्ट्रिय वाणिज्य कोटेश्वर शाखाको शुभकामना आदान प्रदान

नेपालखबर
असोज १५, २०७६ बुधबार ११:५८,

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड शाखा कार्यालय कोटेश्वर शाखाको आयोजनामा नेपालीहरुको महान चाडपर्व विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत् एवं छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमसम्पन्न भएको छ।

प्रदेश नम्बर ३ का प्रदेशसभा सभामुख सानुकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, ब्रान्च अपरेशन विभागका प्रमुख सरोज बस्नेत, क.म.न.पा. वडा नम्बर ३२ का अध्यक्ष नवराज पराजुली, कोटश्वर व्यवसायी संघका अध्यक्ष सरोज थापा, स्थानीय समाजसेवी कृष्णबहादुर के.सी., बैंकका पूर्व नायब महाप्रबन्धक प्रकाशकुमार ढुङ्गाना लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए।

बैंकका ३ नम्बर प्रादेशिक कार्यलयकी प्रमुख सोनी श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रमको संचालन शाखा कार्यालय कोटेश्वरकी सहायक प्रबन्धक नविना ढकालले गरेका थिए।

बैंकले गत आ.व. २०७५÷०७६ मा ५ अर्ब ३२ करोड रुपैंया खुद मुनाफा गरेको छ। यस अवधिमा बैंकको निक्षेप १ खर्ब ९० अर्ब रुपैयाँ, कर्जा १ खर्ब ४४ अर्ब रुपैंया रहेको छ। बेस रेट ६।२३ प्रतिशत रहेको छ। बैंकको हाल सातै प्रदेस, ७७ जिल्लामा २३८ वटा शाखा कार्यालय, २०४ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .