सामाजिक संजाल ट्वीटरमा विश्वव्यापी समस्या देखिएको छ।
माइक्रो ब्लगिङका लागि विश्वभर चर्चित रहेको ट्वीटरमा फोटो नदेखाउने, ट्वीट नहुने तथा डाइरेक्ट म्यासेजजस्ता फिचरमा समस्या उत्पन्न भएको ट्वीटरले जनाएको छ।
भिडियो लगायतका अन्य फिचरमा पनि समस्या उत्पन्न भएको कम्पनीको भनाइ छ। कम्पनीले आफूले समस्यालाई चाँडै निराकरण गर्ने भन्दै ट्वीट गरेको छ। एजेन्सी
We've been experiencing outages across Twitter and TweetDeck. You might have had trouble Tweeting, getting notifications, or viewing DMs. We're currently working on a fix, and should be back to normal soon.
— Twitter Support (@TwitterSupport) October 2, 2019

प्रतिक्रिया