समाज


धादिङमा मजदुर बोकेको ट्याक्टर पल्टियो, ११ घाइते

धादिङमा मजदुर बोकेको ट्याक्टर पल्टियो, ११ घाइते

नेपालखबर
असोज ११, २०७६ शनिबार ८:५६,

धादिङबेँसी सल्यानटार सडक निर्माणको काम गरिरहेका मजदुर बोकेको ट्याक्टर पल्टिँदा ११ मजदुर घाइते भएका छन्।

नव कातिन्पुर कन्सट्रक्सन निर्माणको काम गरिरहेका मजदूर बोकेर काम गर्ने स्थानतर्फ जाँदै गर्दा ना ६ त २७८० नं को ट्र्याक्टर शनिबार बिहान पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानाकारी दिए।

तीव्र गतिमा गुडेको ट्याक्टर अनियन्त्रित भइ घुम्तीमा पछिल्लो भाग पल्टिएपछि मजदूर सबै घाइते भएका हुन्।

घाइतेमध्ये जाजरकोटको छेडागाउँ नगरपालिकाका कर्णबहादुर चदरालाई धादिङबेँसीस्थित जिल्ला अस्पतालमा उपचार हुन नसकी चितवन मेडिकल कलेज भरतपुर पठाइएको छ। यस्तै जाजरकोटबाट काम गर्न आएका हरिबहादुर शाही, कर्णबहादुर शाही, तेजबहादुर राउत, मेनबहादुर शाही, पूर्णबहादुर डाँगीलगायतका १० मजदुरको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad