ad ad

समाज


जीप दुर्घटना हुँदा दुईको मृत्यु, दुई घाइते

जीप दुर्घटना हुँदा दुईको मृत्यु, दुई घाइते

नेपालखबर
असोज ११, २०७६ शनिबार १:२३,

दैलेखमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु एको छ।

दैलेख सदरमुकामबाट उमतर्फ जाँदै गरेको भे १ ज ३९९१ नम्बरको जीप डुंगेश्वर गाउँपालिका–२ मा शुक्रबार राति दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

दुर्घटनामा डुंगेश्वर गाउँपालिका–२ उम गाउँकी ७१ वर्षीया चन्द्रकला ओली र ९ वर्षीय बालक दमन बुढाको मृत्यु भएको दैलेखका प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले जानकारी दिए।

दुर्घटनामा दुई जना घाइते भएका छन्। दुर्घटनापछि चालक सुरेश बिक भागेका प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .