ad ad

समाज


काठमाडौँबाट चोरिएका १२ मोटरसाईकल फेला, १९ चोर पक्राउ

काठमाडौँबाट चोरिएका १२ मोटरसाईकल फेला, १९ चोर पक्राउ

नेपालखबर
असोज ११, २०७६ शनिबार १:४५,

ट्राफिक प्रहरीले एक हप्ताको बीचमा हराएका १२ मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले उपत्यकाका विभिन्न स्थानबाट हराएका १२ मोटरसाइकल फेला पारेर शुक्रबार सम्बन्धित धनीलाई बुझाएको हो।

महाशाखाले छेपा शेर्पा, अनिल भण्डारी, अभिषेक सापकोटा, विनोद सुवेदी, सुचेन्द्र श्रेष्ठ, अर्जुन राई, राजेन्द्रबाबु अर्याल, गोकुलप्रसाद महतो, जीतेन्द्र बस्नेत, सुपेन्द्र श्रेष्ठ, राजु लामा र कर्मा गुरुङको हराएको मोटरसाइकल फेला पारेर सम्बन्धित व्यक्तिलाई फिर्ता गरेको हो।

महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीकुमार पौडेलले बढी भीडभाड हुने क्षेत्रमा धेरै सवारीसाधन चोरी हुने गरेको बताए।

“बसपार्क, अस्पताल र बजार क्षेत्रमा धेरै मोटरसाइकल हराउने गरेका छन्”, उनले भने।

महाशाखाले यस वर्ष छ वटा ठूला सवारीसाधनसमेत फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ। मोटरसाइकल चोर्ने १९ जनालाई पक्राउ गरी मुद्दासमेत चलाइएको महाशाखाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .