समाज


दक्षिण भारतीय चलचित्रका चर्चित हास्यकलाकार वेणु माधवको निधन

दक्षिण भारतीय चलचित्रका चर्चित हास्यकलाकार वेणु माधवको निधन

नेपालखबर
असोज ८, २०७६ बुधबार १०:२३,

दक्षिण भारतीय चलचित्रका चर्चित हास्यकलाकार वेणु माधवको निधन भएको छ।

वेणु  माधवको हैदरवादस्थित एक अस्पतालदमा उपचारकै क्रममा ३९ वर्षको उमेरमा बुधबार निधन भएको हो। उनी कलेजो र मिर्गौलासम्बन्धी समस्याबाट पीडित थिए।

स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि मंगलबार उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो।

आन्द्राप्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडुले हस्यकलाकार माधवको निधनमा शोक व्यक्त गरेका छन्।सामाजिक सञ्जाल ट्विटरमा एक ट्विट गर्दै उनले शोक व्यक्त गरेका हुन्।

 मिडियाकर्मी वामसी काकाले ट्वीट गर्दै भनेका छन्, ‘अभिनेता वेणु माधव अब हाम्रो बीचमा छैनन्।’ डाक्टरले वेणुलाई मध्यान्न १२ बजेर २० मिनेटमा मृत घोषित गरेका थिए।

वेणुको निधनले टलिउड शोकमा डुबेको छ। उनका प्रशंसक र शुभचिन्तक हरुले सामाजिक सञ्जालमा उनीप्रति श्रद्धाञ्जलि दिइरहेका छन्।

क्यारिकेचरबाट अभिनयको सुरुवात गरेका वेणुले छोटो समयमै दक्षिणभारतीय फिल्मी क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल भएका थिए। उनको अन्तिम फिल्म ‘डा.परमानन्देन स्टुडेन्टस्’मा सन् २०१६ मा छायाँकन भएको भए पनि अहिलेसम्म प्रदर्शनमा आएको छैन।

पछिल्लो समय उनी फिल्म छोडेर राजनीतिमा सक्रिय रहेका थिए। उनले तेलंगु देशम पार्टीमा आवद्ध भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad