ad ad

कारोबार


वर्षमान र कुलमानसँग जापानमा नेपाली समूदायको साक्षात्कार

वर्षमान र कुलमानसँग जापानमा नेपाली समूदायको साक्षात्कार

नेपालखबर
असोज ८, २०७६ बुधबार १०:११,

जापान भ्रमणमा रहेको ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग जापानवासी नेपालीहरुले छलफल गरेका छन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जापानस्थित भातृ संगठन प्रवासी नेपाली एकता मञ्च जापानले मंगलबार टोकियोमा आयोजना गरेको ‘समृद्ध नेपाल निर्माणमा उर्जाको महत्व र प्रवासी नेपालीको भूमिका’ विषयक अन्तरक्रियात्मक कार्यक्रममा जापानीवासी नेपालीहरूले प्रत्यक्ष साक्षात्कार गरेका हुन्।

कार्यक्रममा मन्त्री पुनले सरकारको यात्रामा सहकार्य गर्न जापानवासी नेपालीलाई आग्रह गरेका थिए। यस्तै, प्राधिकरणका निर्देशक कुलमान घिसिङले समग्र प्राधिकरण कर्मचारीहरुको टिमवर्कका कारण नेपालमा विद्युत् लोडसेडिङ युग अन्त्य भएको बताए।

उनले प्राधिकरण आगामी वर्षबाट कुल नाफामा गएर नेपाल विद्युत् निर्यात गर्ने मुलुकमा पर्ने दाबीसमेत गरे।

कार्यक्रममा एनआरएनए अध्यक्ष भवन भट्ट, जापानका लागि नेपाली राजदूत प्रतिभा राणा, एनआरएनए जापानका अध्यक्ष देविलाल भण्डारीसहित एनआरएनए आवद्ध विभिन्न व्यक्ति र संघसंस्थाका प्रतिनिधिहरुको उपस्थित रहेको थियो।

जापान सरकारको निमन्त्रणामा चार दिने भ्रमणका लागि त्यसतर्फ गएको मन्त्रीपुन र प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले उर्जा क्षेत्रमा लगानी भित्र्याउनेबारे छलफल गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .