अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय भक्तपुरका तीन कर्मचारीसहित चार जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।
आयोगले कार्यालयका सवारीचालक अनुमतिपत्र शाखाका अधिकृत अनोजकुमार घिमिरे, शाखा अधिकृत कोमलराज निरौला र नायब सुब्बा हेम कुमार तथा अर्का सुन्दर अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।
कर्मचारविरुद्ध मोटो रकम लिएर नक्कली भारतीय सवारीसाधन अनुमतिपत्रको नेपालीकरण गरेको अभियोग लगाइएको छ भने त्यसका लागि नक्कली भारतीय सवारीचालक अनुमतिपत्र र दूतावासको नक्कली सिफारिस पेस गरेको अभियोगमा सुन्दर अधिकारीविरुद्ध मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता प्रदीक कुमार कोइरालाले जानकारी दिए।
कर्मचारीसँगको मिलेमतोमा सुन्दर अधिकारीको नाममा नेपाली सवारीचालक अनुमतिपत्र समेत तयार भइसकेको थियो। अधिकारीविरुद्ध मतियारको कसुर गरेको अभियोग लगाइएको छ।
Shares

प्रतिक्रिया