ad ad

कला


१२ वर्षपछि उपन्यास लिएर आउँदै सरुभक्त

१२ वर्षपछि उपन्यास लिएर आउँदै सरुभक्त

नेपालखबर
असोज ८, २०७६ बुधबार ८:२०,

दशैंको अवसर पारेर साहित्यकार सरुभक्तको नयाँ उपन्यास ‘प्रतिगन्ध’ सार्वजनिक हुने भएको छ।

१२ वर्षपछि आउन लागेको उनको यो उपन्यास उनकै गृहनगर पोखराबाट सार्वजनिक हुने भएको छ।

उपन्यासबारे सरुभक्त भन्छन्, ‘पृथ्वीमा मानवइतरका प्राणीहरू प्राकृत गन्धले चिनिन्छन् भने मानवहरू आत्मिक गन्धले। यसको पछाडि निश्चय पनि सभ्यताको इतिहास जिम्मेवार हुन्छ। तर, समकालीन विश्वपरिवेश बदलिएको छ। यस बदलिएको परिवेशमा नेपाली आख्यान विधाको एक भिन्न चित्रण प्रतिगन्ध हो।’

पागलबस्ती उपन्यासका लागि २०४८ सालको मदन पुरस्कार प्राप्त गरेका सरुभक्तका समय त्रासदी, तरुनी खेती र चुली उपन्यास चर्चित छन्।

४९६ पृष्ठको प्रतिगन्ध उपन्यासको मूल्य ५ सय ९९ रुपैयाँ राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .