ad ad

कारोबार


सनराइज फर्स्ट म्युचुअल फन्डको बिक्री बुधबारदेखि खुल्दै

सनराइज फर्स्ट म्युचुअल फन्डको बिक्री बुधबारदेखि खुल्दै

नेपालखबर
असोज ७, २०७६ मंगलबार ११:२३,

सनराइज क्यापिटलको व्यवस्थापनमा सनराइज बैंकले प्रवर्द्धन गरेको ‘सनराइज फर्स्ट म्युचुअल फन्ड’ १० वर्षे बन्दमुखी योजनाको १० रुपैयाँ अंकित दरको १० करोड इकाइमध्ये आठ करोड इकाइ भोलिदेखि बिक्री तथा निष्काशन हुने भएको छ।

१० करोड इकाइमध्ये १५ प्रतिशत अर्थात् १ करोड ५० इकाइ अर्थात् १५ प्रतिशत इकाइ प्रवद्र्धक सनराइजलाई सुरक्षित राखी बाँकी आठ करोड ५० लाख इकाइ बुधबारदेखि खुल्न लागेको हो।

योजना व्यवस्थापन गर्ने सनराइज क्यापिटलले केयर रेटिङबाट एएमसी ३ रेटिङ पाएको छ। योजनाको सुपरिवेक्षकमा चण्डीप्रसाद श्रेष्ठ, कृष्णबहादुर मानन्धर, बुद्धि प्रसाद आचार्य, प्राध्यापक पूर्णमान शाक्य तथा सुधिर कुमार शर्मा गरी पाँच जना विशिट अनुभव प्राप्त कोष सुपरिवेक्षकहरुको सुपरिवेक्षणमा कोष सञ्चालन हुने कोष प्रवद्र्धक बैंकले जनाएको छ।

बैंकका अनुसार इकाइ बिक्रीबाट संकलित रकम दक्षतापूर्वक योजनाले तोकेको लगानी क्षेत्रहरुमा लगानी गरी जोखिमको उचित व्यवस्थापन गरी उच्च प्रतिफल दिई लगानीकर्ताको लगानीलाई सुनिश्चित गरिने जनाइउको छ। त्यस्तै, यो फन्डको वार्षिक औसत प्रतिफल २४.२९ प्रतिशत र वार्षिक लाभांश १४ प्रतिशत रहने अनुमान गरिएको छ।

यो योजनामा व्यक्ति तथा संस्थाले सहभागी हुन पाउनेछन्। त्यस्तै लगानीकर्ताले धितोपत्र बजारबाट प्राप्त हुने लाभ समेत लिनसक्नेछन्। निष्काशित इकाइहरु बाँडफाँटपछि दोस्रो बजारमा कारोबारको लागि नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत तथा सीडीएस एण्ड क्लियरिङ लिमिटेडमा दर्ता गरी कारोबार गर्न सकिने व्यवस्था मिलाइएको पनि जनाइएको छ। आस्बा प्रणालीमार्फत फन्डको लागि आवेदन दिनसकिने कम्पनीले जनाएको छ।

आवेदनको म्याद बुधबारदेखि आगामी कात्तिक ७ गतेसम्म रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .