समाज


चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै पक्राउ

चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै पक्राउ

नेपालखबर
असार ५, २०८३ शुक्रबार २१:६, काठमाडौँ

सर्लाही जिल्लाको बरहथवा नगरपालिका–३ स्थित प्रतिटोलमा चोरीको गाडी प्रयोग गरी चोरी गर्दै गरेको अवस्थामा एक व्यक्ति पक्राउ परेका छन्।

शुक्रबार बिहान करिब ४ बजे विजय यादवको घरबाट मोबाइल फोन र नगद चोरी गरी नजिकै रहेको मनोज सहनीको घरमा चोरी गर्न लागेको अवस्थामा घरधनीकी श्रीमतीले देखेपछि होहल्ला गरेकी थिइन्।

पक्राउ पर्नेमा सर्लाहीकै बागमती नगरपालिका–६ बस्ने १८ वर्षीय जुमुन मियाँ रहेका प्रहरीले जनाएको छ।

उनको साथबाट मधेस प्रदेश ०४–००१ च ०३६७ नम्बरको पिकअप गाडी समेत बरामद भएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा उक्त पिकअप मिति २०८३ जेठ १९ गते इलाका प्रहरी कार्यालय हरिवनको क्षेत्रबाट हराएको तथ्य खुलेको छ भने गाडीसँग मेल खाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad