समाज


पुर्जाले पाँच महिनामै चढे ८ हजार मिटर अग्ला १२ हिमाल

 पुर्जाले पाँच महिनामै चढे ८ हजार मिटर अग्ला १२ हिमाल

नेपालखबर
असोज ६, २०७६ सोमबार ८:३०,

हिमाल आरोहणमा कीर्तिमान बनाउने तयारी रहेका नेपाली आरोही निर्मल पुर्जाले चोयु हिमालको सफलतापूर्वक आरोहण गरेका छन्।

सोमबार बिहान पुर्जासहित गेसमान तामाङ, पाल्देन शेर्पा, निमा तेन्जिङ, पासाङ शर्मा, छेवाङ शेर्पा, इस्टेबेन टोप्पो मेना र लाक्पा ओङ्छुले चोयुका सफलतापूर्वक आरोहण गरेका हुन्।

सात महिनाभित्र विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल आरोहण गर्ने अभियानमा रहेको पुर्जाले १२ हिमालका सफलतापूर्वक आरोहण गरेका हुन्। चोयुका सफलतापूर्वक आरोहण गरेपछि ट्वीट गदै पुर्जाले चाँडै आधार शिविरमा फर्किने र मनास्लु हिमालको आरोहण गर्न जाने बताएका छन्। उनले सेप्टेम्बर २३ सम्ममा मनास्लु आधार शिविरमा पुग्ने जानकारी दिए।

उनले ९३ दिनमै ११ वटा शिखरका आरोहण गरिसकेका छन्। पुर्जाले आफ्नो अभियानको नाम ‘मिसन पोसिबल सेभेन÷फोट्टिन’का नाम दिएका छन्। पुर्जाले ८ हजार मिटरभन्दा अग्लो सिस्पाङ्मा र मनास्लुको आरोहण गर्न मात्रै बाँकी रहेको छ। उनले पहिलो चरणमा यसै वर्षको बसन्तु ऋतुमा अन्नपूर्ण, धौलागिरि, कञ्चनगंजा, सगरमाथा, लोप्से, मकालु हिमालका सफलतापूर्व आरोहण गरेका थिए।

दोस्रो चरणमा वर्षा ऋतुमा पाकिस्तानमा रहेका नागा पर्वत, गशेरद्रुम पहिलो, दोस्रो, के २, बोर्ड हिमालको आरोहण गरेका थिए। तेस्रो चरणमा ल्होत्से, मनास्लु र सिस्पाङ्मा हिमालका आरोहण गर्ने योजना रहेको छ। जसमध्ये लोप्सेको सफलतापूर्वक आरोहण गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad