देशका विभिन्न क्षेत्रमा बुधबार भएका ४७ विपद्जन्य घटनामा परेर दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सर्पदंशका पाँच, आगलागीका पाँच, बाढीको एक, पहिरोका १६, सडक अवरोधका १४, चौपाया क्षतिका एक तथा अन्य चार घटना बुधबार भएका थिए।
ती घटनाबाट सात परिवार प्रभावित भएका छन्।
पहिरोका घटनामा दुई जनाको मृत्यु भएको हो भने पाँच जना घाइते भएका छन्। विपद्बाट एक करोड ९० लाख बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ।
यसैबिच गत वैशाख १ गतेसम्म हालसम्म देशभर दुई हजार ३६१ विपद्जन्य घटना भएका छन्।
ती घटनामा परी १७३ जनाको मृत्यु भएको छ। विपद्मा परेका दुई जना बेपत्ता तथा एक हजार २०८ जना घाइते भएका प्राधिकरणको तथ्यांक छ।
यस अवधिमा विपद्बाट चार हजार ८६९ परिवार प्रभावित भएका प्राधिकरणले जनाएको छ।
Shares

प्रतिक्रिया