उत्तरी वासिङ्टन डीसीमा बिहीबार रात भएको गोलीबारीमा एक व्यक्तिको मृत्यु भएको छ। यस घटना अन्य पाँच घाइते भएका प्रहरीले जनाएको छ।
घाइते व्यक्तिहरुमा एक महिला र चार पुरुष रहेका घटना स्थलमा प्रहरी अधिकारीले पत्रकारहरुलाई बताएका छन्। सो गोलाबारीमा परी गम्भीर घाइते भएका व्यक्तिहरु नजिकैको अस्पतालमा लगिएको छ।
ह्वाइट हाउसबाट करिब ३ किलोमिटर टाढा रहेको कोलम्बिया हाइट्समा स्थानीय समयनुसार बिहान १० बजे गोली प्रहार भएको प्रहरीले जनाएको छ।
अमेरिकी राजनीतिज्ञहरूले यस वर्षमा धेरै आम गोलीबारीपछि बन्दुक राख्न पाउने विषयका कानुनहरू संशोधन गर्न छलफल गरिरहेका छन्। अमेरिकाका विभिन्न ठाउँमा भएका गोलीकाण्डमा दर्जनौं मानिस मारिएका छन्। रासस-सिन्ह्वा

प्रतिक्रिया