नेपालको लागि टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रालिले दशैँ तथा दीपावली चाडकाे अवसरमा ग्राहक लक्षित टीभीएस दशैँको दौड भन्ने स्किम लागू गर्दै देशका मुख्य सहरमा विभिन्न कार्यक्रम गरिरहेकाे छ। साेही सिलसिलामा झापाकाे बिर्तामाेडमा पनि बिहीबार टीभीएस ह्विली बिट्स कार्यक्रम गरेकाे छ।
कम्पनीले बिर्तामोड १ को टीभीएस शोरुम अगाडि सांस्कृतिक कन्सर्ट तथा आरटीआर १६० टुभी र रेडन ११० लन्च समेत गरेकाे हाे। कार्यक्रममा चर्चित बाइक राइडर सन्दिप छेत्री, प्रकाश अधिकारी भीम होना, गौरव पाठकले स्टन्ट शो प्रस्तुत गरेका थिए। त्यस्तै हास्य कलाकार श्रीकृष्ण लुइँटेल र दिनेश काफ्लेले पनि प्रस्तुति दिएका थिए।

कार्यक्रमको प्रमुख अतिथि रेडक्रस झापा जिल्लाका सभापति लोकराज ढकाल रहेका थिए। उनले नै नयाँ बाइककाे लन्च गरेका थिए। कार्यक्रमको सभापति पाथिभरा अटो लिंक सञ्चालक यम बहादुर कार्कीले नयाँ टीभीएस बाइक लन्च गरेको बताउँदै बाइक चढेर सेवा गर्ने मौका दिन अनुराेध गरे।

कार्यक्रममा झन्डै १ हजार १ सय जनाकाे उपस्थिति रहेकाे थियाे। कम्पनीले शनिबार स्वास्थ्यको लागि दशैँको दौड कार्यक्रम अन्तर्गत देशका जनतालाई बिहान दौडाउने कार्यक्रम पनि रहेको जगदम्बा मोटर्सका मार्केटिंग म्यानेजर नवराज कोइरालाले बताए।

प्रतिक्रिया