ad ad

समाज


जलवायु सम्मेलनमा सहभागी हुन मन्त्री बस्नेत न्युयोर्क प्रस्थान

जलवायु सम्मेलनमा सहभागी हुन मन्त्री बस्नेत न्युयोर्क प्रस्थान

नेपालखबर
असोज ३, २०७६ शुक्रबार ७:३,

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत साताव्यापी भ्रमणका सिलसिलामा अमेरिका प्रस्थान गरेका छन्।

संयुक्त राष्ट्रसंघको आयोजनामा हुने जलवायु कार्यशिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार राति उनी त्यसतर्फ प्रस्थान गरेका छन्।

सम्मेलन आगामी २३ सेप्टेम्बर (सोमबार) देखि न्यूयोकस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा सुरु हुनेछ। मन्त्री बस्नेतले सम्मेलनको दुई सत्रूलाई सम्मेलन गर्ने कार्यसूची छ। उनले ‘अ कल फर एक्सनः रेजिङ एम्बीसन फर क्लाइमेट एडप्टेसन एण्ड रेजिलियन्स र ‘कम्युनिटी रेजिलियन्स पार्टनरसिप प्रोगाम’ विषयमा सम्बोधन गर्नेछन्। यस्तै मन्त्री बस्नेत आगामी मंगलबार संयुक्त राष्ट्रसंघको दिगो विकाससम्बन्धी विशेष सभामा सहभागी हुने कार्यक्रम छ।

न्यूयोर्क प्रस्थान गर्नुअघि मन्त्री बस्नेतले जलवायु परिवर्तन अनुकूलनका दिगो र प्रभावकारी कार्यक्रम तय गर्न विश्व समुदायलाई अपिल गरिने जानकारी दिए।

मन्त्री बस्नेतले नेपालका तर्फबाट जलवायु परिवर्तनको नकारात्मक प्रभावका कारण विश्व भयावह संकटको नजिक पुगेकाले यसको समाधान नियमित प्रयासबाट मात्र सम्भव नहुने भएकाले विश्वस्तरबाटै साझा पहल हुनुपर्ने विषय उठाइने जानकारी दिए। नेपालले यसपटक लजवायु परिवर्तनमा न्यून भूमिका हरेका तर असरबाट अतिप्रभावित नेपालजस्ता मुलुकको अनुकूलन क्षमता बढाउन आवश्यक श्रोतको व्यवस्था गर्न अपिल गर्ने भएको छ। यस्तै नेपालले जलवायु परिवर्तनका कारण तीव्र गतिमा हिमालयहरु पग्लने क्रम बढेको र त्यसको प्रभावबाट विश्व नै प्रभावित भएको विषयमा समेत विश्व समुदायको ध्यानाकर्षण गराउने भएको छ।

आगामी नोभेम्बरमा चिलीमा हुने जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरुको सम्मेलन (कोप) को तयारी स्वरुप यो सम्मेलन हुन लागेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .