समाज


अरुण नदीमा बेपत्ता खोज्न सशस्त्रको विशेष टोली

अरुण नदीमा बेपत्ता खोज्न सशस्त्रको विशेष टोली

नेपालखबर
असोज २, २०७६ बिहिबार ७:३१,

संखुवासभाको अरुण नदीमा बिरामीसहित बेपत्ता ६ जनाको खोजीका लागि सशस्त्र प्रहरीको विशेष टोली बिहीबार बिहान सेनाको हेलिकोप्टरबाट त्यसतर्फ उडेको छ।

सशस्त्र प्रहरीका दुई जना गोताखोर र दुई जना विपद् व्यवस्थापन विज्ञसहितको अर्धसैन्य बलको टोली त्यसतर्फ गएको सशस्त्रका प्रवक्ता डीआईजी सुरज श्रेष्ठले नेपालखबरलाई बताए। उनका अनुसार काठमाडौंस्थित २० नम्बर बिपद् उद्दार उपत्यका गणबाट टोली पठाईएको हो।

खुवासभाको धर्मदेवी नपा ८ स्थित खाँदबारी–धनकुटा सडकखण्डको अक्कड भिरमा बिरामी लिएर आउदै गरेको बलेरो गाडी अरुण नदीको घुमाउने दहमा दुर्घटना परी चालकसहित ६ जना व्यक्तिहरु मंगलबार मध्यरातिदेखि बेपत्ता छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad