अर्थमन्त्री डा. युवराज खतिवडाले मुलकको अर्थतन्त्रबारे हलुका टिप्पणी नगर्न सञ्चारमाध्यमहरुलाई आग्रह गरेका छन्। अर्थमन्त्री खतिवडाले अर्थतन्त्रको बुझाइ त्यत्ति सजिलो नभएकोतर्फ पनि सञ्चारमाध्यमहरुलाई सचेत गराएका हुन्।
आफूले नीति, निर्माणको तहमा २५/३० वर्ष बिताएर पनि अर्थतन्त्रका कोरा सिद्धान्तहरु किन पालना हुँदैनन्? भन्ने अझै बुझ्न नसकेको उल्लेख गर्दै अर्थतन्त्रबारे नबुझीकन हल्का टिप्पणी गर्न नमिल्ने उनको तर्क थियो।
बिहीबार काठमाडौंको त्रिपुरेश्वरमा निर्माण गरिएको भन्सार विभागको भवन उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले अर्थतन्त्रको सर्वमान्य सिद्धान्तहरु असफल हुँदै गएको र त्यसको ठाउँमा नयाँ सिद्धान्तको प्रयोग हुन थालेकाले अर्थतन्त्रको कुन मोडल ठीक हुन्छ? भनेर एकीन गर्ने अवस्था नरहेको पनि स्पष्ट पारे। उनले मुलुकको अर्थतन्त्र सुदृढ बनाउन भन्सारलगायतका शुल्कहरुको व्यवस्थालाई कसरी परिचालन गर्ने भन्ने कुरामा पनि परिवर्तन गर्दै लैजानुपर्ने अवस्था रहेको पनि स्पष्ट पारे।
अर्थमन्त्री खतिवडाले व्यापार घाटा बढ्दै गइरहेका बेला खुला अर्थतन्त्र मुलुकका लागि उपयुक्त हुने÷नहुने बहसको विषय भएको पनि बताए। उनले मुलुकको आर्थिक गतिविधिलाई बढावा दिन सरकारले सुशासनमा जोड दिएको पनि दोहो¥याए।

प्रतिक्रिया