युरोप र एसियाको छेउमा रहेको देश जर्जियास्थित एक घरमा चोरी गर्न खोज्ने तीन किशोरको घर मालिकले प्रहार गरेको गोलीबाट मृत्यु भएको छ।
सोमबार मास्क लगाएर घरमा डकैती गर्न खोज्दा घर मालिकले किशोरहरुमाथि गोली प्रहार गरेका थिए।
मृत्यु हुनेमा एक १५ वर्षका किशोर र दुई १६ वर्षका किशोर भएको सीएनएनले जनाएको छ।
रकडेल काउन्टी सेरिफ अफिसका अनुसार किशोरहरुले बन्दुकसमेत चलाएका थिए। यद्यपी घर मालिकले उनीहरुको प्रतिकार गर्दा किशोरहरुको मृत्यु भएको हो।

घटनास्थल
घरमा रहेका सबै परिवारका तीन सदस्यलाई कुनै चोटपटक नलागेको जनाइएको छ।
जर्जियामा आत्मरक्षा सम्बन्धी कानुन छ। जसले उचित अवस्थामा आत्मरक्षाको लागि गोली चलाउन छुट दिन्छ।
किशोरहरुको मृत्यु भएपछि यतिबेला गोली प्रहार गर्ने व्यक्तिमाथि अनुसन्धान भइरहेको छ। उक्त घटनामा गोली चलाउनु जायज थियो कि थिएन भनेर छानबिन भइरहेको प्रहरीले जनाएका छन्।

प्रतिक्रिया