बझाङमा भएको जिप दुर्घटनामा परेर ९ जनाको मृत्यु भएको छ।
सदरमुकाम चैनपुर नजिकैको डुङ्रीबाट मष्टा गाँउपालिका जाँदै गरेको स १ ज १०७२ नम्बरको जीप सोमबार दिउँसो डौठी भन्ने ठाँउमा दुर्घटनामा भएको हो।
दुर्घटनामा ९ जनाको मृत्यु भएको र उनीहरुको अहिलेसम्म सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।
भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको प्रहरीले जनाएको छ। तर उनीहरुको सनाखत भने हुन सकेको छैन्।
जीप खसेर अफ्ठ्यारो ठाउँमा अल्झेका कारण उद्धारमा कठिनाइ भएको वडा प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक महानन्द जोशीले जानकारी दिए।
अहिले बझाङका प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, प्रहरी नायब उपरीक्षक सूर्यबहादुर केसी सहितको घटना स्थलतर्फ गएको छ भने प्रहरीले उद्धार कार्य जारी राखेको छ।
सो जिप के कारण ले दुर्घटना भयो भन्नेबारे केही खुल्न नसकेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया