ad ad

समाज


ज्ञानेन्द्र शाही २४ घन्टामा दोस्रो पटक रिहा

ज्ञानेन्द्र शाही २४ घन्टामा दोस्रो पटक रिहा

नेपालखबर
भदौ ३०, २०७६ सोमबार ७:४,

प्रहरीले सुरक्षाका लागि भन्दै प्रत्रकार सम्मेलनबाटै नियन्त्रणमा लिएका ज्ञानेन्द्र शाहीलाई रिहा गरेको छ। विगत २४ घन्टामा प्रहरीले उनलाई २ पटक पक्राउ गर्यो। उनी रिहा भएको यो दोस्रो पटक हो।

आइतबार ललितपुरको पुल्चोकमा शाहीले गरको पत्रकार सम्मेलनमै हात हालाहालको अवस्था भएपछि महानगरीय प्रहरी परिसर ललितपुरले उनलाई नियन्त्रणमा लिएको थियो। त्यसपछि दिउँसो रिहा भएका उनी राति दोस्रो पटक पुन: पक्राउ परेका थिए।

महानगरीय प्रहरी परिसर ललितपुर प्रहरी प्रमुख (एसएसपी) टेकबहादुर राईले शाहीलाई रिहा गरेको बताए। नेपालखबरसँग कुरा गर्दै एसएसपी राईले भने, ‘पक्राउ परेका शाहीलाई सम्झाएर प्रमुख जिल्ला अधिकारीको रोहबरमा छाडेका छौँ।’

शनिबार नेपालगञ्जबाट काठमाडौं आउने बुद्ध एयरको उडान मन्त्री भट्टराईलाई पर्खिंदा सर्वसाधारण यात्रु  मर्कामा परेपछि शाहीसहितको समूहले बिरोध जनाएको थियो। उनीहरुले मन्त्री भट्टराईलाई विमानभित्रै प्रश्न सोधेको थिए। त्यसको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि मन्त्री भट्टराईको आलोचना भएको थियो।

प्रकरणबारे विज्ञप्ति जारी गर्दै मन्त्री भट्टराईले ‘गणतन्त्रविरोधीहरुको दुर्व्यवहार’को संज्ञा दिएका थिए। समूहले आफूलाई पारसविरुद्ध सात लाख हस्ताक्षर बुझाउने व्यक्तिको रुपमा अभद्र व्यवहार गरेको उनले दाबी गरेका थिए। भिडियोमा भने त्यस्तै कहीँ सुनिँदैन।

सोही विषयलाई लिएर शाहीले आइतबार दिउँसो १ बजे पुल्चोकमा पत्रकार सम्मेलन आयोजना गरेका थिए। पत्रकार सम्मेलनमा पुगेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थीहरुको  समूहले उनीमाथि हातपात गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .