ad ad

समाज


काष्ठमण्डप पुनःनिर्माण आधा सकियो

काष्ठमण्डप पुनःनिर्माण आधा सकियो

नेपालखबर
भदौ ३०, २०७६ सोमबार ४:४०,

काष्ठमण्डप पुनःनिर्माणको काम हालसम्म ५० प्रतिशत सम्पन्न भएको छ। लक्ष्यअनुरूप नै काम भइरहेकाले तोकिएकै समयमा काम सक्ने जनाइएको छ।

निर्माणअन्तर्गत अहिले मुख्य चारवटा थाम राखी बीचमा गारो लगाउने काम सकिएको काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिए। निर्माणमा अहिले दैनिक ३० जना कामदारले नियमित काम गरिरहेका छन्।

सुरुको समयमा निर्माणका लागि काठ, इँटाजस्ता निर्माण सामग्री समयमा उपलब्ध गराउन नसक्दा पनि ढिला भएको थियो अब त्यो अवस्था नआउने अध्यक्ष शाक्यको दाबी छ।

विसं २०७२ को भूकम्पले पूर्ण रूपमा क्षति भएको ऐतिहासिक काष्ठमण्डप पुनःनिर्माणका लागि अघिल्लो वैशाख ३१ गते क्षमापूजा गरिएको थियो। गत कात्तिक २२ गते शुभारम्भ पूजा गरेर यस सम्पदाको पुनःनिर्माण सुरु गरिएको हो। तीन वर्षभित्र पुनःनिर्माण सक्ने लक्ष्यसाथ काष्ठमण्डप पुनःनिर्माणले गति लिएको छ।

चार वर्षभित्र निर्माण कार्य सक्ने गरी सातौं शताब्दीको काष्ठमण्डप पुनःनिर्माणको काम भइरहेको छ। नेपालको राजधानी काठमाडौंको नाम ‘काष्ठमण्डप’बाट नै रहेको इतिहासमा उल्लेख छ।

प्रयोग गरिएका चारवटा थाममध्ये तीन वटा नयाँ प्रयोग गरिएको हो भने एउटा थाम पुरानै प्रयोग गरिएको समितिले जानकारी दिएको छ ।

बिसेत नामका मानिसले कल्पतरुलाई चिनेर नियन्त्रणमा लिई एउटा रूख उपलब्ध गराउने वाचा गराएर छाडेपछि कल्पतरुले सालको काठ दिएको, सातौँ शताब्दीमा राजा लक्ष्मीनरसिंह मल्लले त्यसैबाट मूर्तिविहीन मरुसतः बनाएको र पछि यसैलाई काष्ठमण्डप भन्न थालिएको हो।

अध्यक्ष शाक्यले भने, “२०७६ सालको असार मसान्तसम्ममा भुइँ तलाको कार्य सम्पन्न गर्ने लक्ष्य रहेको थियो सोहीअनुरुप काम अघि बढेको छ त्यसैले तोकिएको समयमानै काम हुनेमा कुनै आशङ्का गर्नुपदैन।”

यस ऐतिहासिक सम्पदा पुनःनिर्माणको लागि १९ करोड खर्च लाग्ने अनुमान गरिएकामा काठमाडौँ महानगरपालिकाले पुनःनिर्माण समितिलाई ५ करोड ५० लाख सहयोग प्रदान गरिसकेको छ।

थोरै यसअघिकै पुराना काठको प्रयोग भए पनि नयाँ काठ भने टिम्बर कर्पोरेसन अफ नेपालसँग लिखित सम्झौता गरी आवश्यकता अनुरुप ल्याइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .