ad ad

समाज


काठमाडौंसहित यी जिल्लामा आज बाढीको सम्भावना

काठमाडौंसहित यी जिल्लामा आज बाढीको सम्भावना

नेपालखबर
भदौ ३०, २०७६ सोमबार ४:२३,

आज (सोमबार) काठमाडौंसहित देशका विभिन्न जिल्लाका खोलानालामा बाढी आउने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

महाशाखाले सोमबार बिहान जारी गरेको सूचनाअनुसार आज काठमाडौंसहित इलाम, झापा, मोरङ, धनकुटा, सुनसरी, प्रदेश २ का सबै जिल्लामा बाढीको जोखिम छ।

यसैगरी आज उदयपुर, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुली, मकवानपुर, चितवन, नवलपरासी, रूपन्देही, कपिलवस्तु भई बहने नदीमा आकस्मिक बहावको संभावना छ।

यस्तै आज, भोलि र पर्सि कन्काई, कमला, वाग्मती, नारायणी, तिनाउ नदीमा बहाव बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

यसैबीच सुनसरीको चतरा र आसपास भारी वर्षा मापन भएको छ। महाशाखाले भनेको छ : ‘धरान-चतरा सडक खण्डमा उच्च सतर्कता अपनाऔं।’

मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुन सक्रिय रहेकाले अझै तीन दिन वर्षा जारी रहने अनुमान गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .