ad ad

समाज


३ सय २६ यात्रु चढेको विमानको कन्ट्रोलरमा कफी पोखिएपछि...

३ सय २६ यात्रु चढेको विमानको कन्ट्रोलरमा कफी पोखिएपछि...

नेपालखबर
भदौ २८, २०७६ शनिबार ८:२१,

यस घटना गत फेब्रुअरी ६ तारिखको भएको जर्मनीस्थित एयर एक्सिडेन्ड इन्भेस्टिगेसन ब्रान्चले जनाएको छ।

एयरबस ए३३०–२४३ जर्मनीको फ्रान्कफुर्टदेखि मेक्सिकोका लागि उडेका थियो।

विमानमा ४९ वर्षका पाइलट कफी पिइरहेका थिए। उनीसँग १३ हजार घण्टा विमान उडाएको अनुभव छ।

तर अचानक कफी विमानको कन्ट्रोलरमा पोखियो। कफी अडियो कन्ट्रोल प्यानलमा पुगेको थियो।

कफी पोखिएपछि तातो धुवाँ र केही डढेको वास्ना आएपछि पाइलट तथा क्याबिन क्रुले अक्सिजन मास्क लगाएका थिए।

संचार गर्न गाह्रो भएपछि विमान डाइभर्ट गरेर सानो विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो।

इन्भेस्टिगेसन ब्रान्चका अनुसार आकस्मिक अवतरणका क्रममा विमान र मानिसमा कुनै क्षति पुगेन।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .