ad ad

राजनीति


मदन भण्डारी र म भेट्दा एकताको मुडमा थियौंः प्रचण्ड

मदन भण्डारी र म भेट्दा एकताको मुडमा थियौंः प्रचण्ड

नेपालखबर
भदौ २८, २०७६ शनिबार ८:३८,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकता लहडमा नभएको बताएका छन्।

शनिबार झापामा आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले एकतामा लामो वैचारिक शृंखला रहेको बताए।

‘यो रातारात र कुनै सनक कसैको लहडमा भएको होइन’, उनले भने, ‘यो लामो संघर्षमा नेपाली जनताले गरेको त्याग, तपस्या, बलिदानको शृंखलाको योगफलका रुपमा भएको हो।’

उनले २०१९ सालबाट विभाज भएका कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्न थुप्रै प्रयासहरु भएको बताउँदै तिनै प्रयासको योगफलका रुपमा एकता सम्भव भएको बताए। जनयुद्ध र जनआन्दोलनको एतिहासिक जनक्रान्ति सम्पन्न भएपछि एकताको बाटो बनेको उनको भनाइ थियो।

उनले तत्कालीन एमालेको नवौँ महाधिवेशन र माओवादी केन्द्रको हेटौँडा महाधिवेशनले शान्तिपूर्ण प्रतिस्पर्धाबाट समाजवादको बाटोमा अगाडि बढ्ने एउटै नीतिलाई पारित गरेपछि एकता सम्भव भएको दावी गरे। उनले मूल लाईनमा एकरुपता आएका कारण एकताको वातावरण बनेकाे उनकाे भनाइ थियो।

उनले पञ्चायतविरोधी आन्दोलन सफल भएपछि विचार मिल्ने एकताको प्रक्रिया सुरु भएको स्मरण गर्दै त्यतिबेलै एकीकृत माक्र्सवादीमा केही पार्टीहरुको एकता भएरै एमाले र आफ्नो नेतृत्वमा एकता केन्द्र बनेको बताए।

उनले तत्कालीन एमाले र एकता केन्द्रबीच एकताका गर्ने विषयमा मदन भण्डारी र आफूबीच छलफल भएको बताए। ‘हाम्रो चाहना एकता केन्द्र र एमालेबीच एकता गर्ने थियो’, उनले भने। उनले मदन भण्डारीका हत्या हुनुभन्दा अगाडि नै आफूहरुबीच जेठ ११ गते एकता वार्ता गर्ने भन्ने सहमति भएको बताए। उनले भण्डारीकाे हत्याका कारण त्यो प्रक्रिया सफल हुन नसकेको बताए।

‘मलाई एउटा हाइपोथेटिकल प्रश्न जस्तो लाग्छ, मदन भण्डारी जीवितै रहेको भए र हामीले तय गरेको जेठ ११ को संवाद सम्पन्न भएको भए के हुन्थ्यो होला?’, उनले भने, ‘हामी एकताको मुडमा थियौँ, कम्युनिस्टहरुलाई एकतावद्ध गराएर जनुपर्छ भन्ने मुडमा थियौँ।’

उनले मदन र आफूबीच उमेर र माक्र्सवादको गतिशीलताको बुझाइमा एकरुपता भएका कारण सम्भव हुने देखिएको बताए।

उनले २०६२ को आन्दोलन सफल भएपछि पनि एकताको प्रयास गरिएको र त्यो सफल हुन नसकेको उनको भनाइ थियो।

उनले पछिल्लो भिन्न परिस्थितिमा आएपछि आफू र ओलीबीच भएको वार्ताले एकता सम्भव भएको बताए। विचारको एकता र नेतृत्वमा सहमतिपछि एकता सम्भव भएको उनको दावी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .