ad ad

खेल


वामदेव पत्नी तुल्सी ओलम्पिक कमिटीको सचिवमा निर्वाचित

वामदेव पत्नी तुल्सी ओलम्पिक कमिटीको सचिवमा निर्वाचित

नेपालखबर
भदौ २८, २०७६ शनिबार ७:४८,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामदेव गौतमकी पत्नी तुल्सी थापा नेपाल ओलम्पिक कमिटीको सचिवमा निर्वाचित भएकी छन्।

शनिबार भएको निर्वाचनमा गौतम पत्नी थापाले २१ मत प्राप्त गर्दै सचिवमा निर्वाचित भएकी हुन्। उनी नेपाल कबड्डी संघको प्रतिनिधिको रुपमा ओलम्पिक कमिटीमा प्रवेश गरेकी हुन्।

यो पनि: ओलम्पिक कमिटीको अध्यक्षमा पुनः जीवनराम श्रेष्ठ 

कमिटिको अध्यक्षमा जीवनराम श्रेष्ठ निर्वाचित भएका छन्। उनले आफ्ना प्रतिस्पर्धीलाई १० मतको अन्तरले पराजित गरेका हुन्। अध्यक्षको प्रतिस्पर्धामा श्रेष्ठले १७ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी उमेशलाल श्रेष्ठले १० मत प्राप्त गरेका थिए।

यस्तै निर्वाचनमा उपाध्यक्ष पाँच पदका लागि ८ जनाको उमेदवारी परेको थियो। तीमध्ये ज्योती राणा, तेजबहादुर गुरुङ, अशोकरत्न बज्राचार्य, सुनिलकुमार श्रेष्ठ तथा चतुरानन्द राजबैद्य उपाध्यक्षमा निर्वाचिन भएका छन्।

कोषाध्यक्षमा यसअघि नै रतन तुलधार र उपमहासचिवमा पिताम्बर तिमसिना निर्विरोध भइसकेका थिए।

निर्वाचनमा सचिव ३ पदका लागि ४ जनको उमेदवारी परेको थियो। जसमा केशवकुमार विष्ट, दीपक हर्ष बज्राचार्य, तुल्सी थापा तथा रामजीबहादुर श्रेष्ठले उमेदवारी दिएका थिए। केशवकुमार विष्ट सचिव पदमा निर्वाचिन हुन सकेनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .