समाज


टिपरले एक जनाकाे ज्यान लियाे, मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

टिपरले एक जनाकाे ज्यान लियाे, मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

नेपालखबर
भदौ २७, २०७६ शुक्रबार १६:९,

सप्तरीको कञ्चनरुप नगरपालिकामा छुट्टाछुट्टै सडक दुर्घटनामा आज तीन जनाको मृत्यु भएको छ।

सप्तरीको कञ्चनरुप नगरपालिका–८ नन्दलालचोकमा मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। फत्तेपुरबाट कञ्चनपुरतर्फ आउँदै गरेको बा ९१प १७३० नं को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटसाइकलमा सवार कञ्चनरुप नगरपालिका–११ बस्ने त्रिभुवन चौधरी र सोही वडाका रुपेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि गम्भीर घाइते भएका दुबैलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजवीराज ल्याइएकामा पनि उपचारकै क्रममा मृत्यु भएको दुबै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

यस्तै कञ्चनरुप नगरपालिका–७ आदर्शटोलस्थित फत्तेपुर–कञ्चनपुर सडक खण्डमा फत्तेपुरबाट कञ्चनपुरतर्फ आउँदै गरेको टिपरको ठक्करबाट एक साइकल यात्रीको मृत्यु समेत भएको छ।

ना१क ७९८३ नम्बरको टिपरले सोही दिशाबाट आउँदै गरेको साइकलयात्री राजविराज–१० दिघवा निवासी २० वर्षीय मनोज रामलाई ठक्कर दिँदा उनको मृत्यु भएको हाे।

ठक्करबाट गम्भीर घाइते रामको दुबै खुट्टा भाच्चिएपछि उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल लगिएकामा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। यता ठक्कर दिने टिपर र चालकलाई इलाका प्रहरी कार्यालय कञ्चनपुरले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .