पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) विजय भट्टलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ।
काठमाडौंको भूगोलपार्कबाट उनलाई नियन्त्रणमा लिइएकाे हाे। उनीसँगै पूर्वमेजर केशव बस्नेत पनि पक्राउ परेका छन्।
इन्द्रजात्रामा क्रममा राष्ट्रपति होइन, राजा जानुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका डीआईजी भट्टसहित ३५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएकाे छ। पक्राउ पर्नेमध्ये ५ जना महिला छन्।
उनीहरुलाई नगर प्रहरी कार्यालय भृकुटीमण्डपमा राखिएको छ।
इन्द्रजात्रामा कुमारी दर्शन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी अपरान्ह वसन्तपुर जाने कार्यक्रम छ। गुठी विधेयकको विषयलाई लिएर विरोध प्रदर्शन हुने सक्ने आशंकामा सुरक्षा व्यवस्था कडा पारिएको छ।

प्रतिक्रिया