कारोबार


अमेरिका–चीन व्यापार वार्ताको सम्भावनापछि एसियाली शेयर बजारमा सुधार

अमेरिका–चीन व्यापार वार्ताको सम्भावनापछि एसियाली शेयर बजारमा सुधार

नेपालखबर
भदौ २७, २०७६ शुक्रबार ९:२९,

अमेरिका र चीनबीच व्यापार वार्ता पुनः शुरु हुने समाचार सार्वजनिक भएलगत्तै शुक्रबार एसियाली शेयर बजारमा सुधार आएको छ।

जापानको निक्की २२५ मा १.१ प्रतिशतले वृद्धि भई २१,९८९.२९ विन्दुमा पुगेको छ भने हङकङको हाङ सेङ पनि ०.६ प्रतिशत वृद्धि भई २७,२६२.८० विन्दुमा पुगेको छ। सिड्नीको एसएन्डपी एएसएक्समा पनि सुधार भई ६,६६९.२० विन्दुमा पुगेको छ।

शाङ्घाई, ताइवान र दक्षिण कोरियाको शेयर बजारमा भने विदाका कारण शुक्रबार कारोबार भएन । भारतको सेन्सेक्स ३७,०९२.८१ विन्दुमा रहेको छ। सिंगापुर, बैंकक र जकार्ताको शेयर बजारमा वृद्धि भए पनि मलेसियाको शेयर बजार घटेको छ।

अमेरिका र चीनबीच वार्ता हुने खबर सार्वजनिक भएलगत्तै गएराति वालस्ट्रिटको शेयर बजार बढेको थियो।

अमेरिकाले चीनबाट आयात हुने सामानमा दुई साता अर्थात अक्टोबर १५ सम्म करवृद्धिमा ढिलाई गर्ने घोषणा गरेको थियो। तर विगतमा प्रयोगमा आइसकेका करहरु भने यथावत रहने छन्। एपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad