समाज


लुम्बिनीमा मंसिर १ देखि न्युज फेस्टिभल हुने

लुम्बिनीमा मंसिर १ देखि न्युज फेस्टिभल हुने

नेपालखबर
भदौ २७, २०७६ शुक्रबार ८:१४,

लुम्बिनी भ्रमण वर्ष २०७६ लाई सफल पार्नका लागि आगामी मंसिर १, २ र ३ गते यहाँ न्यूज फेस्टिभल गरिने भएको छ।

लुम्बिनी प्रेस क्लबको आयोजनामा हुने सो फेस्टिभलमा नेपालका विभिन्न राष्ट्रिय पत्रिकाका सम्पादक, टिभी, रेडियो तथा अनलाइनका सम्पादकहरु तथा नेपालस्थित अन्तरराष्ट्रिय मिडियाका प्रतिनिधिहरुको सहभागिता रहने क्लबका अध्यक्ष दीपेश पछाईंले बताए।

लुम्बिनी वर्ष २०७६ र नेपाल भ्रमण वर्षको सन्दर्भ पारेर हुन लागेको कार्यक्रममा ‘मोफसल’को समग्र पत्रकारिता, सङ्घीयतामा प्रेसको संरचना, पर्यटन प्रवद्र्धनमा पत्रकारको भूमिका , समाचारका विषय, लेखन र साहित्य , कलाको विषयमा नेपालमा अग्रज पत्रकार,सम्पादक, लेखक, संवाददाता सहभागी भएर बहसको सृजना गर्नुको साथै कार्यक्रमले मोफसलको पत्रकारितालाई उचाइ प्रदान गर्ने विश्वास लिइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad