अमेरिकाको आल्बुक्वार्कु प्रहरीले एक गोलीकाण्डमा तीन जनाको मृत्यु हुनुका साथै अरु दुई जना घाइते भएको जनाएको छ।
शुक्रबार प्रहरीले नगरको लुरा प्लेस साउथवेस्टमा गोली चलेको बताएको छ। प्रहरीले उक्त स्थानमा घेरा हालेको एपीले जनाएको छ।
घाइतेमध्ये एक जना निकै गम्भीर अवस्थामा रहेका छन्। थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाइएको छ।
3
Shares

प्रतिक्रिया