समाज


पाल्पामा जिपमाथि पहिरो खस्यो, एकको मृत्यु, ६ घाइते

पाल्पामा जिपमाथि पहिरो खस्यो, एकको मृत्यु, ६ घाइते

नेपालखबर
भदौ २७, २०७६ शुक्रबार ६:१२,

पाल्पामा गुडिरहेको जिप र स्कोर्पियोमाथि पहिरो खस्दा एक जनाको मृत्यु हुनका साथै ६ जना घाइते बनेका छन्।

शुक्रबार बिहान सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका, दोभान हेडबक्स नजिकै जिप र स्कोर्पियोमाथि पहिरो खसेको हो।

पहिरोमा परेर बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु १ ज २६१७ नम्बरको जिपका चालक कालीगण्डकी गाउँपालिका वडा नं. ६ का २६ वर्षीय कमल परियारको मृत्यु भएको

जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी कृष्णराज सापकोटाले बताए।

‘जिपमाथि पहिरो खस्दा चालक कमल परियारको मृत्यु भको छ’, नेपाखबरसँग कुरा गर्दै डीएसपी सापकोटाले भने, ‘धाइतेहरुको विभिन्न स्पतालहरुमा उपचार भरहेको छ।

उनले सडकमाथिबाट ठूल्ठूला ढुंगा खसेका कारण त्यस क्षेत्रमा सवारी अगागमन अवरुद्ध छ।पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग सवारी सञ्चालनका लागि बाटो खुलाउने प्रयास भइरहेको बताए।

सडक माथिबाट खसेको पहिरोले पहिरोले जिपलाई पुर्दा चालक परियारको घटनास्थलमै मृत्यु भएको डीएसपी सापकोटाले बताए।

दुवै गाडीमा सवार ६ जना घाइते रहेको र उनीहरुलाई उपचारका लागि बुटवल पठाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad