प्रविधि


२२ बर्ष अगाडि वेपत्ता भएका मानिसको अवशेष गुगल म्याप्सका कारण भेटियो!

२२ बर्ष अगाडि वेपत्ता भएका मानिसको अवशेष गुगल म्याप्सका कारण भेटियो!

नेपालखबर
भदौ २७, २०७६ शुक्रबार ६:१४,

बीबीसीका अनुसार विलियम मोल्ड सन् १९९७ को नोभेम्बर ९ मा अमेरिकाको फ्लोरिडा राज्यको ल्यानेटनाबाट वेपत्ता भएका थिए।

वेपत्ता हुँदा विलियन ४० वर्षका थिए। धेरै वर्षसम्म उनको खोजी कार्य जारी राखिएता पनि उनी भेटिएका थिएनन्।

गुगल म्याप्सको माध्यमबाट उनको अवशेष फेला परेको फ्लोरिडा प्रहरीले जनाएका छन्।

एक नाइट क्लब गएका उनी घर फर्केका थिएनन्। प्रहरीले त्यसबेला अनुसन्धान सुरु गरेर उनको खोजी तिव्र पारेता पनि उनलाई भेट्टाउन सकिएको थिएन।

२२ वर्षपछि यसै वर्षको अगस्ट महिनामा प्रहरीलाई वेलिङ्गटनको मुन बे सर्कलस्थित एउटा तालमा डुबेको अवस्थामा गाडी रहेको खबर आयो।

गाडी पानीबाट निकालिएपछि त्यसमा मानव कङ्कालको अवशेष फेला परेको थियो। त्यसको एक हप्तापछि उक्त अवशेष विलियम मोल्डको रहेको पहिचान भएको हो।

Image result for google maps found 22

सफल रूपमा छानबिन हुन नसकेका घटनाहरूको विवरण राख्ने चार्ली प्रोजेक्ट नाम गरेको एउटा अनलाइन डेटाबेसका अनुसार एकजना सम्पत्ति सर्वेक्षणकर्ताले गुगल अर्थको प्रयोग गरिरहेका बेला उक्त गाडी देखेका हुन।

“आश्चर्यजनक रूपमा गुगल अर्थको स्याटलाइट तस्बिरमा सन् २००७ देखि एउटा गाडी देखिएको थियो। तर सन् २०१९ सम्म त्यसलाई कसैले पनि याद नगरेको देखिन्छ,“ चार्ली प्रोजेक्टको रिपोर्टमा भनिएको छ।

गुगल म्याप्समा अझै पनि चाँदी रङ्गको गाडी तालमा डुबेको देख्न सकिन्छ। पामबिच काउन्टीका एकजना अधिकारीले विलियम मोल्डले गाडीमाथि नियन्त्रण गुमाएका कारण गाडी तालमा पुगेको हुनसक्ने अनुमान लगाइएको बीबीसीलाई बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad