समाज


लामखुट्टे धपाउन बालिएको धूपले गोठमा आगलागी, ८ पशुवस्तु मरे

लामखुट्टे धपाउन बालिएको धूपले गोठमा आगलागी, ८ पशुवस्तु मरे

नेपालखबर
भदौ २७, २०७६ शुक्रबार ४:४७,

पर्सामा लामखुट्टे धपाउन बालिएको धूप सल्केर गोठमा आगलागी हुँदा ८ पशुवस्तु मरेका छन्।

पोखरीया नगरपालिका–१०, शिवबर्वाका रामपृत राउत कुर्मीको फुसको छानो भएको गोठमा आगलागी हुँदा १ भैंसी, २ पाडी, ३ वटा खसीबाख्रा जलेर मरेको जिल्ला प्रहरी कार्यालय (पर्सा)ले जनाएको छ।

आगोमा जलेर अन्य आधा दर्जन वस्तुभाउ घाइते भएका छन्। मानवीय क्षति भएको छैन।

प्रहरीका अनुसार आगलागीबाट ३ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad