समाज


विभागले भन्यो- खाद्य र अखाद्य बस्तु छुट्टाछुट्टै राख्नुस्

विभागले भन्यो- खाद्य र अखाद्य बस्तु छुट्टाछुट्टै राख्नुस्

नेपालखबर
भदौ २७, २०७६ शुक्रबार ५:१,

दशैँ, तिहार र छठ पर्वका लागि आवश्यक खाद्य र अखाद्य वस्तु छुट्टै राखेर बिक्री वितरण गर्न वाणिज्य आपूर्ति तथा संरक्षण विभागले व्यवसायीलाई आग्रह गरेको छ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र चेम्बर अफ कमर्शको सहकार्यमा काठमाडौँमा आयोजित दशैँ, तिहार तथा छठ लक्षित आपूर्ति व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा विभागका महनिर्देशक योगेन्द्र गौचनले यस्तो आग्रह गरेका हुन्

उनले दशैँ, तिहार तथा छठ जस्ता मुख्य पर्वलाई लक्षित गरी बिक्रीस्थलमा म्याद समाप्त भएका वस्तु अलग्गै छुट्याइ राख्ने, म्याद समाप्त भएका वस्तु सडी गली जाने भए वा त्रुटिपूर्ण उत्पादनका वस्तु भए नष्ट गर्ने र तत्कालै सडी, गली नजाने म्याद समाप्त भएका वस्तु जहाँबाट खरीद भएको हो त्यही फिर्ता गर्न उपभोक्तालाई सुझाव दिए।

कुनै पनि वस्तु खरीद गर्दा मूल्यसूची अनिवार्य हुनुपर्ने भन्दै उनले बजार अनुगमन साथै आपूर्ति अनुगमन पनि जरुरी रहेको बताए।

सरकारले तोकेको वा अधिकतम खुद्रा मूल्यभन्दा बढीमा वस्तु वा सेवा बिक्री गर्ने जस्ता कुरामा व्यवसायीलाई ध्यान दिन उनले आग्रह गरे।

दर्शैलाई लक्षित गरेर साल्टट्रेडिङ कर्पोरेशनले काठमाडौँ उपत्यकाका ११ र उपत्यका बाहिरका २४ स्थानमा सहुलियत पसल सञ्चालनमा ल्याउँदैछ।

यस्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपत्यकामा पाँच स्थानमा र उपत्यका बाहिर १८ स्थानमा गरी कूल २३ स्थानमा सहुलियत पसल सञ्चालन गर्ने तयारी गरेका छन्।

दुग्ध विकास संस्थानले उपत्यकाभित्र चार स्थान र उपत्यबाहिर ११ स्थान गरी १५ स्थानमा सहुलियत पसल सञ्चालनमा ल्याउनेछ । उपत्यकाभित्र सञ्चालनमा आउने यस्ता पसलहरु कालिमाटी, कोटेश्वर, टेकु रामशाहपथ, सतुङ्गल, ललितपुर, भक्तपुरलगायतका स्थानहरुमा रहनेछन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad