समाज


मुद्दा मिलाइदिन १ लाख १० हजार घुस लिने अदालतका सवारीचालक पक्राउ

मुद्दा मिलाइदिन १ लाख १० हजार घुस लिने अदालतका सवारीचालक पक्राउ

नेपालखबर
भदौ २६, २०७६ बिहिबार ११:६,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहा जिल्ला अदालतका हलुका सवारीसाधन चालक वृज मोहन यादवलाई घुस लिँदालिँदै पक्राउ गरेको छ। बिहीबार यादवलाई १ लाख १० हजार घुससहित पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए।

कोइरालाका अनुसार सिरहा नगर वडा नं. ७ स्थित हस्पिटल चोकमा रहेको खड्ग होटलबाट यादव पक्राउ परेका हुन्। उनीविरुद्ध अनुसन्धान भइरहेको छ। उनलाई बर्दीबास कार्यालयबाट गएको अख्तियारको टोलीले पक्राउ गरेको हो।

उनले अदालतमा चलिरहेको लागूऔषधसम्बन्धी मुद्दा मिलाइदिन उक्त रकम घुस लिएको अख्तियारले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad