नेपाल पत्रकार महासंघले पत्रकार प्रल्हाद रिजाललाई ज्यान मार्ने धम्कि दिइएको भन्दै आपत्ति जनाएको छ।
महासंघका काठमाडौं शाखाका सभासद् तथा आर्थिक दैनिकका सम्पादक रिजाललाई गोरखाका वेदप्रसाद काप्रीले ज्यान मार्ने धम्की दिएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
बुधबार काठमाडौंको गैरीधारामा हिँडिरहेको अवस्थामा सम्पादक रिजाललाई बाटो छेकेर ‘कुनै न कुनै रुपमा ज्यान लिने’ भन्दै काप्रीले धम्क्याएका थिए।
‘कुनै पनि बहानामा पत्रकारलाई ज्यान मार्ने धम्की दिनु प्रेस स्वतन्त्रता विरोधी काम हो।’ महासचिव रमेश विष्यटद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘महासंघ प्रेस स्वतन्त्रता विरोधी यस्ता धम्कीको कडा शब्दमा निन्दा र भत्र्सना गर्दै धम्की दिनेलाई तत्काल कानुनी दायरामा ल्याउन र पत्रकारको सुरक्षामा गम्भीर बन्न सम्बन्धित निकायसँग माग गर्दछ।’
प्रतिक्रिया