ad ad

कला


वर्षा राउत भन्छिन्ः म फेसन ट्रेन्ड फलो गर्छु

वर्षा राउत भन्छिन्ः म फेसन ट्रेन्ड फलो गर्छु

नेपालखबर
भदौ २६, २०७६ बिहिबार ९:४८,

अभिनेत्री वर्षा राउतले आकर्षक र नविनतम पहिरन आफ्नो रोजाइमा सधैँ पर्ने गरेको बताएकी छन्।

बिहीवार राजधानीको नक्सालमा ‘सजिनाज् क्रियसन’ बुटिक उद्घाटन गर्दै उनले फेसनमा आफू सधै सजक रहेको समेत बताइन्। 

अभिनेत्री राउतले यो बुटिकको बिषेशता आफूलाई मन परेर जोडिएको बताइन्। ‘क्रियसनकी सञ्चालिका सजिना बिष्टसँग फ्यामिलीगत रिलेसन पनि क्रियसनसँग जोडिनुको अर्काे कारण रहेको उनले खुलाइन्।

कुर्था, लेहेङ्गा, सारी आफ्नो बिषेश मनपर्ने पहिरन भएको बताएकी बर्षाले ‘सजिनाज् क्रियसन’ले पनि यस्ता पहिरनलाई बिषेश महत्व दिएकोले खुसी ब्यक्ति गरिन्। उनले थपिन् ‘सेलिब्रेटीको रोजाइमा पर्ने र उनीहरुले लगाउने सबै पहिरन यो बुटिकमा रहेछ। मेरो मात्र होइन धेरै सेलिब्रेटीका लागि पनि यो उपयुक्त बन्ने छ।’

बुटिक सजिना बिष्टले संचालनमा ल्याएकी हुन्। धेरै फेसन शो र बिभिन्न सौदर्य प्रतियोगितामा समेत ड्रेस डिजाइनरको भुमिका निर्बाह गरिसकेकी बिष्टले दैनिक प्रयोगमा आउने क्याजुअल, ब्राइडल, इन्डोवेस्टन, गाउँन लगायतका पहिरनलाई बुटिकले प्राथमिकता दिएको बताइन्।

‘नेपाली फिल्म, म्युजिक भिडियो, फेसन शो लगायत जुनै प्रकारको प्रायोजनका लागि नयाँ र आकर्षक पहिरन डिजाइन गर्न हामीलाई आपती छैन’ सजिनाले भनिन् ‘यो मेरो अध्ययन र सोखको बिषय पनि हो।’ अध्यायन र सौखको बिषय बुटिक मार्फत ब्यवसायमा बदल्न लागेको उनको भनाई थियो।

‘बुटिक फेसन’ भन्ने वित्तिकै ‘महँगो होला’ भन्ने बुझाइ आम मानिसमा छ। तर, त्यसलाई हामी चिर्न चाहन्छौँ’ बिष्टले थपिन् सर्वसाधारणको समेत पहुँच पुग्नेगरी ‘सजिनाज् क्रियसन’ सञ्चालनमा ल्याइएको हो।’

बिष्ट नेपाल इन्चिच्युट अफ फेसनको २०१४की फष्ट सेसन बिजेता बिद्यार्थी हुन्। बुटिककमा ढाकाका पहिरनलाई पनि आफुले बिषेश प्रथामिकतामा राखेको उनले सुनाइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .