ad ad

समाज


कालीगण्डकीले बगायो बेनी-जोमसोम सडक

कालीगण्डकीले बगायो बेनी-जोमसोम सडक

नेपालखबर
भदौ २५, २०७६ बुधबार ३:४३,

हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक चारदिनदेखि अबरुद्ध छ।

आइतबारदेखि अबरुद्ध सडकको मर्मत हुन नसक्दा सवारी साधन सञ्चालन हुनसकेका छैनन्।

यो सडकमा चार दिनदेखि सिधा सवारी अवरुद्ध हुँदा पर्यटक र स्थानीयले सास्ती पाएका छन्।

सडकखण्डअन्तर्गत म्याग्दी र मुस्ताङको सिमाना घोप्टेभिरमा कालिगण्डकी नदीको कटानले सडकमा क्षति पुगेपछि सडक अवरुद्ध भएको हो।

पहिराले सडकको करीब १० मिटर आधार नै भत्काएकाले भिरमा विष्फोटक पदार्थको प्रयोग गरी नयाँ ट्र्याक निर्माणको तयारी गरिएको छ।

डोजरको सहायताले मात्रै ट्र्याक निर्माण नभएपछि विस्फोटक पदार्थको प्रयोगले भिर फुटाउने तयारी गरिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रमान शेरचनले जानकारी र्दिए।

उनका अनुसार भत्किएको सडक मर्मतको काम भइरहेको छ। यात्रुले बीच सडकमा सवारी परिवर्तन गर्नुपर्ने बाध्यता छ।

सडक अबरुद्ध हुँदा मुस्ताङ भ्रमणमा गएका र जाने पर्यटक, तीर्थयात्री र सर्वसाधारणलाई सास्ती भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .