अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ट्राफिक प्रहरीका एक असईलाई १० हजार घुससहित पक्राउ गरेको छ।
अस्थायी ट्राफिक प्रहरी पोस्ट नेपालथोक दुम्जा सिन्धुलीमा कार्यरत प्रहरी सहायक निरीक्षक श्याम बहादुर माझीलाई आइतबार आयोगको टोलीले १० हजार घुस रकमसहित कार्यालयबाटै पक्राउ गरेको हो।
असई माझीले काठमाडौंबाट सिन्धुली हुँदै बाहिरिने सवारी साधनलाई ७ बजे पछि पनि सिन्धुलीतर्फ जान दिने भन्दै सेवाग्राहीसँग घुस रकम मागेको सूचनाका आधारमा गएको अख्तियारको टोलीले पक्राउ गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाकारी दिए।
पक्राउ परेका माझीमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।
3
Shares

प्रतिक्रिया