वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहल काठमाडौंका नायव सुब्बा पुरूषोत्तम पोखरेल एक हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका छन्।
पोखरेलले सहजकर्ता (कर सहयोगी) केदारप्रसाद न्यौपानेबाट पूँजी बृद्धि तथा शाखा विस्तारको लागि सो रकम लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नायव सुब्बा पोखरेल र कर सहयोगी न्यौपानेलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको कार्यालय परिसरबाट उक्त घुस रकम सहित नियन्त्रणमा लिएको हो। उनीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारको भनाई छ।

प्रतिक्रिया