झापाको मेचीनगर नगरपालिका–१० खयरडाँगीमा आज बिहान आफ्नै देवरले काठको मुंग्राले टाउकोमा प्रहार गरी २१ वर्षीया शर्मिला चौधरीलाई घाइते बनाएका छन्।
घरायसी विवादमा नाताले देवर पर्ने २४ वर्षीय विक्रम चौधरीले शर्मिलाको टाउकोमा काठको मुंग्रो प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
विक्रम फरार रहेकाले खोजीकार्य भइरहेको छ। प्रहरीका अनुसार शर्मिलाको उपचार धुलाबारीस्थित रोशन मेडिकलमा भइरहेको छ। रासस

प्रतिक्रिया